मेरो घडि ५ मिनेट ढिलो छ क्या


  • घुमफिर नगरि स्वर्ग जाने बाटो-
कञ्जुस : पण्डित जि घुमफिर नगरि स्वर्ग जाने बाटो बताई दिनुस न !
पण्डित : किन नि ? घुमफिर गर्दै गए के हुन्छ ?
कञ्जुस : भाडा धेरै लाग्छ नि ।
  • तपाईको नाम खोजेको-
बाबा :  बाबु तिमिले त्यो माटोमा के खोजेको ?
छोरा : तपाईको नाम खोजेको ।
बाबा  : मेरो नाम किननि ?
छोरा : आमाले भनेको मैले तपाईको नाम माटोमा मिलाई दिएँ रे ।
  • पैसाको सख्त जरुरत-
प्रेमि : मलाई पैसाको सख्त जरुरत छ ।(मेरो बाबा बिमारिन हुनुहुन्छ )
प्रेमिका : पैसाको त मलाई पनि जरुरत छ ।
प्रेमि : किन के भयो ?
प्रेमिका : के हुनु नि ! तिमिलाई नै दिनलाई नि ।
  • मेरो घडि ५ मिनेट ढिलो छ क्या-
एकपल्ट मुन्द्रेको घडि छतबाट तल खसेछ, मुन्द्रे हत्त न पत्त तल झरेर हात थापि रहेको रहेछ । 
उसको साथिले देखेर सोधेछ, के थापेको नि मुन्द्रे त्यसरी ? 
मुन्द्रेको जवाफ, अघि भर्खर माथि छतबाट मेरो घडि कस्यो के अनि तल आएर हात थापेको नि। 
साथि धत् मुर्ख अघि खसेको घडि यसबेला हात थापेर हुन्छ त ? 
फेरि मुन्द्रे चुप लागन यार! मेरो घडि ५ मिनेट ढिलो छ क्या ।
  • ५ ओटा झिङ्गा-
मुन्द्रेले भनेछ, साथिहो मैले हिजो ५ ओटा झिङ्गा मारें । 
३ ओटा पोथी र २ ओटा भाले । 
होइन तँलाई कसरि थाहा भयो कति भाले र कति पोथि मरे भनेर ? 
त्यत्ति पनि थाहा हुदैन कि के हो त मलाई 
३ ओटा ऐनामा बसेका थिए २ ओटा चुरोटको बट्टामा ।
ऐनामा बसेका पोथी हुन र चुरोटको बट्टामा बसेका भाले। 
Namastesansarjokes © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute