प्रहरीको लवलेटर प्रियसिलाई

  • प्रहरीको लवलेटर 
मेरो हृदयकी नाइटभिजन, लङ्गरेन्जको भन्दा लामो तथा बंकरभन्दा गहिरो माया ! 
आत्माकी सेन्ट्री, सेक्यरिटीवाल भन्दा मजबुत प्यार । मेरो दिमागकी एम्बुस, ब्ल्यांकफायर
 भन्दा धेरै क्लियर संझना । प्यारी, मेरो सानो मिसफायरमा तिमी मेरो घेरा तोडेर माइत गयौं, 
मेरो मनमा र्कफ्यु लागेको छ । तुरुन्त आत्मसर्मपण गरिदेउ, हैन भने, हातहतियार सहित माइतमा आक्रमण हुनेछ !! 
उहि तिमीलाई सधैँ सुरक्षा दिने 
हवल्दार 'काले'
  • उप प्रधानमन्त्रीको वेट
कमरेड केपी गोली मलेसिया जाने क्रममा सिंगापुर अन्ताराष्ट्रिय एयरपोर्टमा पुगे ।
भिआइपी गेटबाट बाहिर निस्कने क्रममा चेकजाँच नगरीकन खुरुखुर हिडेको 
देखेर सेक्युरिटी हाकिमले रोकिन आदेश दिँदै भन्योः
सेक्युरिटीः एक्सक्यूजमी सर, वेट !
केपीजीले फनक्क फर्किएर हेरे र भनेः  सिक्टी किलो ।

फेयर एण्ड लव्लि पो लगाउँछु त

  • फेयर एण्ड लव्लि
तालिमको क्रममा सिपाईहरु जम्प गरेर खोला पार गरिरहेका थिए त्यसै क्रममा सिपाईले उफ्रिदै भनेछ ।सिपाई : जय कालि माता ।कालिमाताले यो कुरा सुनेर भनिछन ।कलिमाता : तेरै आमा कालि होला म त अहिले त फेयर एण्ड लव्लि पो लगाउँछु त ।
  • थिच्ने ठाउ
मुन्द्रेले गिटार बजाउँदा सँधै एकै ठाउँमा थिचेर बजाउदो रहेछ यो देखेर मुन्द्रेको श्रीमतिलाई उसका साथिहरुले सोधेछन् ।गिता : निता  किन तिम्रो श्रीमानले गिटार बजाउदा सँधै एकै ठाउँमा मात्र थिचेर बजाएको नि ?निता : ए त्यो त मेरो श्रीमान जान्ने छन नि त नजान्नेहरुले पो थिच्ने ठाउ थाहा नभएर काहाँनेर थिच्ने भनेर हात तलमाथी सारेर खोज्छन नि ।

स्वास्थ्य जाँचको लागि डक्टरकाहाँ

  • तपाईको चरणकि दासी
एकजना ममिला चेक लिएर बैंकमा पहिलो चोटि  पैसा निकाल्न गईन । उनलाई बैंकका कर्मचारिले चेकको पछाडि साईन गर्न लगाये । ति महिलालाई थाहा भएन कि के गर्ने भनेर । उनलाई बैंकका एक क्लर्कले उनलाई सम्झाए, तपाईको नाम लेख्नुस् जस्तोकि आफ्नो पतिलाई लेख्दा लेखे जस्तै । यो सुनेर ति महिलाले तुरुन्त लेखन थालिनकि तपाईको चरणकि दासी।
  • तपाईको नाम खोजेको
बाबा :  बाबु तिमिले त्यो माटोमा के खोजेको ?
छोरा : तपाईको नाम खोजेको ।
बाबा  : मेरो नाम किननि ?
छोरा : आमाले भनेको मैले तपाईको नाम माटोमा मिलाई दिएँ रे ।
Namastesansarjokes © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute