सर मैलेत भाँचेको होईन


  • अर्काको घरको शिशा-
एउटा बच्चाले गुलेलि हानेर अर्काको घरको शिशा फुटालेछ, 
घरको मालिक बच्चाको घरमा आएर उसको परिवारसँग निउ खोजेछ । 
बच्चाको परिवारले भनेछन ए हजुर यो त पागल छ । 
त्यसो भए आफ्नो घरको शिशाचाहिँ किन फुटाउँदैन त ? 
होईन हजुर त्यत्ति नै पागल त छैन ।
  • सुनको औँठि हरायो-
श्रीमान : आज मेरो कोटको गोजिबाट एक सयको नोट हरायो ।
श्रीमती : तपाईको सयको नोटको चिन्ता छ मेरो सुनको औँठि हरायो ।
श्रीमान : चिन्ता नगर त्यो औँठी मैले कोटको गोजिमा भेटेको छु, जहाँबाट सयको नोट हराएको थियो ।
कम्पनिमा कति वर्ष काम गर्यौ ?
मालिकले नोकर सँग सोधेछ, तिमिले त्यो कम्पनिमा कति वर्ष काम गर्यौ ? 
नोकरले भन्यो ५० वर्ष । 
मालिकले फेरि सोधे तिम्रो उमेर कति भयो ? 
नोकरले भन्यो ३० वर्ष ।
मलिकले अचम्म मन्दै सोधे अरे तिम्रो उमेर ३० वर्ष फेरि ५० वर्ष काम गरेँ भनेर भन्छौ । 
हजुर त्यहाँ मैले धेरै ओभर टाईम काम गरेको छु ।
  • दुई जनाको बाजि-
दुई जनाको बाजि परेछ  एकजनाको चाहिँ एउटामात्र आँखा रहेछ, 
पहिलो : ए तँ धेरै देख्ने कि म धेरै देख्ने बाजि राखौं ।
दोस्रो  : ए त्यसो हो भनेत सिधै मैले जिति हालेँ नि ।
पहिलो : कसरि ? 
दोस्रो  : तँ मेरो एउटा मात्र आँखा देख्छस म तेरो दुईओटै आँखा देख्छु ।
  • स्वास्थ्य जाँचको लागि डक्टरकाहाँ-
एक महिला हरेक सोमबार स्वास्थ्य जाँचको लागि डक्टरकाहाँ जान्थिन । 
डक्टरले सँधै स्वास्थ्य जाँच गरेपछि भन्थेकि तपाई एकदम ठिक हुनुहुन्छ । 
त्यसपछि महिला फिश तिरेर घर फर्किन्थिन । 
एक सोमबार ति महिलाले डक्टरलाई फोन गरेर भनिछिन 
डक्टरसाव म आज आउन सक्दिन किनकि म अलि अस्वस्थ छु ।
  • सर मैलेत भाँचेको होईन-
कक्षामा सरले रामलिला पढाई रहेको बेलामा दुईजना फटाहा विद्यार्थि आफ्नै सुरमा गफ गरि रहेको देखेर भनेछन् ।
सर  : ए गोरुहरु माथि उठ ।
सर  : (विद्यार्थिहरु उठेपछि) शिब धनु कस्ले भाँच्यो भन् ?
विद्यार्थि  : सर मैलेत भाँचेको होईन ।
Namastesansarjokes © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute