प्रहरीको लवलेटर प्रियसिलाई

  • प्रहरीको लवलेटर 
मेरो हृदयकी नाइटभिजन, लङ्गरेन्जको भन्दा लामो तथा बंकरभन्दा गहिरो माया ! 
आत्माकी सेन्ट्री, सेक्यरिटीवाल भन्दा मजबुत प्यार । मेरो दिमागकी एम्बुस, ब्ल्यांकफायर
 भन्दा धेरै क्लियर संझना । प्यारी, मेरो सानो मिसफायरमा तिमी मेरो घेरा तोडेर माइत गयौं, 
मेरो मनमा र्कफ्यु लागेको छ । तुरुन्त आत्मसर्मपण गरिदेउ, हैन भने, हातहतियार सहित माइतमा आक्रमण हुनेछ !! 
उहि तिमीलाई सधैँ सुरक्षा दिने 
हवल्दार 'काले'
  • उप प्रधानमन्त्रीको वेट
कमरेड केपी गोली मलेसिया जाने क्रममा सिंगापुर अन्ताराष्ट्रिय एयरपोर्टमा पुगे ।
भिआइपी गेटबाट बाहिर निस्कने क्रममा चेकजाँच नगरीकन खुरुखुर हिडेको 
देखेर सेक्युरिटी हाकिमले रोकिन आदेश दिँदै भन्योः
सेक्युरिटीः एक्सक्यूजमी सर, वेट !
केपीजीले फनक्क फर्किएर हेरे र भनेः  सिक्टी किलो ।

  • तिरिमिरी झ्याँई
प्रश्नः :   प्रकृतिले दिनका साथै रात किन बनाएको होला ?
उत्तरः:     चोर डाकाहरुको पनि जिबिका चलोस् भनेर ! 
प्रश्नः :     हाम्रो देशमा किन एउटा पनि ठूलो मान्छे जन्मिन सकेन ? 
उत्तरः:    संसारमै यस्तो हो, जन्मिँदा सबै बच्चा नै जन्मिन्छन् !
प्रश्नः:    मिरोजजी, तपाईँको खास नाम चाहीँ  के हो ? 
उत्तर :     मेरो खास नाम 'के� हैन, मनोज हो !     
प्रश्नः  :    मैले तपाइँलाई चिनिहालेँ नि ! 
 उत्तर :   चिनि नहाल्नोस्, मलाई सुगरको समस्या छ, बरु नुन हालिदिनुस्  !! 
  • चोर प्रहरी 
शहरको नामुद चोरलाई पक्डिएर चौकीमा पुर्याईयो । 
इन्सपेक्टरः  किन यस्तो नराम्रो काममा लागिस् तँ ? 
चोरः यो सबै हजुर र हजुरका छोराछोरीका लागी मात्रै गरेको हुँ हजुर । 
( एक झापट लगाएपछि) । 
इन्सपेक्टरः के भनिस् रे ? 
चोरः  यदी हामीले चोरी गर्न छोड्यौँभने सरकारले हजुरहरुलाई के कामका लागी जागीरमा राख्छ त ?
  • चाउचाउ मूलुक नेपाल
श्रीमतीः हैन, छोरोको एड्मिसन गराउनु पर्ने बेला भएन ? 
श्रीमानः चाउचाउ खाउ, स्कलरसिप पाई हालिन्छ रे नि ! 
श्रीमतीः मान्छेका श्रीमती उहाँ हिराको हार लगाएर हिड्छन्, आफ्नो भने.....। 
श्रीमतीः चाउचाउ खाउ, त्यो पनि पाइन्छ रे !
श्रीमतीः खै पैसा दिनोस्, चाउचाउ किनेर ल्याउँछु । 
श्रीमानः ल, त्यो पनि चाउचाउ खाउ न, नगद नोट पाइन्छ रे !
श्रीमतीः कति जिस्किएको ? हे भगवान, मैलाई यस्तो लोग्ने किन परेको होलारे !
श्रीमानः चाउचाउ खाउ, न,  नयाँ लोग्ने पनि त्यसैमा पाइन्छ कि !!!!
  • हसियाभन्दा सिधा
पुर्ने (लठेब्रो) छोरो पाएको १५ दिनमा बिदेश गयो ।
पाँच बर्षपछि घर फर्किएर घरभित्र पस्नासाथ श्रीमती अर्धनग्न 
अवस्थामा रोइरहेकी थिइन् ।
पुर्नेः       के भो कोपिला ?
कोपिलाः   मलाई हार्ट एट्याक भयो, ऐया......। 
पुर्ने हत्तपत्त घरको तल्लो कोठामा झरेर एम्बुलेन्समा फोन गर्नमात्र के लागेको हुन्छ,
 ५ बर्षको उनको छोरो मन्जिल आएर भन्योः
मञ्जिलः  बाबा बाबा, सपन अंकल पल्लो कोठमा लुकेर कपडा लगाउँदै हुनुहुन्छ । 
उ फोन भुइँमा राखेर दौडदै श्रीमती भए ठाउँपुग्यो, हेर्यो र अर्को कोठामा पुग्यो, 
नभन्दै त्यहाँ उसैको मित्र सपनपनि अर्धनग्न अवस्थामा कोठामा यताउता घुम्दै थियो । 
पुर्नेः    (राता राता आँखा पार्दै) साले, तँ कस्तो साथी होस् यार ! उता मेरो श्रीमतीलाई
          हर्ट एट्याक भइरहेको छ । तँ भने, केटाकेटी जस्तो कोठामा नांगै खेलेर बसेको
          छस्....  जा....एम्बुलेन्स बोलाएर लिएर आइज !
Namastesansarjokes © 2008. Design by :Salim Subba Sponsored by: Tutorial87 Commentcute